पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई कास्की प्रशासनको राहत
पाेखरा | असार ३१, २०८१
पहिरोमा पुरिएर मृत्यु भएका पोखरा–२७ सहेलापाटाका भिमबहादुर थापाको परिवारलाई राहत प्रदान गर्दै प्रजिअ भरतमणी पाण्डे
पोखरा: गत बिहीबार राति पहिरोमा पुरिएर मृत्यु भएका पोखरा–१९ तल्लाकोटका कुलबहादुर परियारको परिवारलाई राहत वितरण गरिएको छ ।
परियारको परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोष र गण्डकी प्रदेश सरकारले राहत वितरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डेले नेपाल सरकारको विपद् घटनामा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट ५ लाख गण्डकी प्रदेश सरकारको तर्फबाट २ लाख गरी ७ लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको जानकारी दिए ।
असार २७ गते बेलुका पोखरा–१९ तल्लाकोटमा कुलबहादुर परियारको घर पहिरोले पुरिदा ७ जनाको मृत्यु भएको थियो । सोही पहिरोमा पुरिएर मृत्यु भएका स्याङ्जा स्थायी घर भएका मृतक कुलबहादुरको विवाहित छोरी प्रभा परियार ज्वाइँ अस्मित परिवारलाई आवश्यक कागजात सहित नजिकको नजिकको हकदार सम्पर्कमा आए पश्चात राहत उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
उनले विपद् घटनामा परी मृत्यु भएका परियारका नाबालक छोरा बाहेकको अन्य सबै परिवारका सदस्यहरुको निधन भएकाले प्रदान गरिएको रमक दुरुपयोग हुन नदिन बैंकमा खाता खोली राखिदिने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।
पहिरोले परियारको घर पूर्ण रुपमा क्षति भएकाले आवास पुननिर्माणको प्रक्रिया सम्बन्धित स्थानीय तहले तत्काल सुरुवात गर्न समेत प्रजिअ अधिकारीले निर्देशन दिए ।
यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीले पहिरोमा पुरिएर मृत्यु भएका पोखरा–२७ सहेलापाटाका भिमबहादुर थापाको परिवारलाई राहत प्रदान गरेको छ ।
नेपाल सरकारको विपद् घटनामा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट थापाको परिवारलाई प्रशासनले २ लाख रुपैयाँ राहत प्रदान गरेको हो ।
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...

